काठमाडौं,
७ – वैशाख / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता योद्धाहरुको अभिभावकत्व र तिनका शिक्षादीक्षा एवं भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


                                                                                 ADVERTISEMENT



बेपत्ता योद्धाहरुको स्मृति दिवसको अवसरमा विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुकै संघर्षका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको उल्लेख गरे ।

महान बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा हाँहरुले देखेको सपनाहरुलाई सार्थकतामा बदल्नु कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया

प्रतिकृया