दाङ,
७ – जेठ / दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले दिदै आएको ओपिडि तथा अन्य सेवा लाई निरन्तरता दिन माग गरेको छ ।

ओपिडि सेवा रोकिदा सर्व साधारण लाइ समस्या पर्ने भएकाले सेवा नरोक्न आग्रह गरेको हो । संघको वुधवार वसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए । कोरोना विरामीको उपचारको लागि आवस्यक पर्ने स्थानको व्यवस्थापन का लागि संघले सहयोग गर्ने निर्णय गरेको छ ।

यसै गरि बैठकले लकडाउनको अवधीभर व्यवसायिहरुलाई घर भाँडाको लागि दवान नदिन आग्रह गरिएको कार्कीले बताए । बैठक संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

प्रतिकृया

प्रतिकृया