प्रिया स्मृती गजमेर, देउखुरी
८ जेठ / लमही नगरपालिका वडा नम्बर ७ को वडा कर्यालयले सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गरेको छ । बन्दको बेला वडाबाट राज्यले दिएको सेवा सुबिधा प्राप्त गर्दा स्थानीयहरू खुशी भएका छन् ।

लकडाउनका कारण यति बेला विभिन्न बैंकमा अत्याधिक भिडभाड छ । उक्त भिडलाई मध्यनजर गरेर वृद्धहरुलाई सास्ती खेप्न नपरोस भनेर वडाबाटै बितरण गरेको वडाध्यक्ष मोहन गिरीले बताए ।

आर्थिक वर्ष २०७६ सालको चैत्र तिर बाडिनु पर्ने सामाजिक सुरक्षा भत्ता देशमा कोरोना भाइरसका कारण ढिला हुन् गएको हो । कोरोना भाइरसले देश नै आतंकित बनाएपछि सामाजिक सुरक्षा भत्ता बितरण गर्नमा अन्यौल भएको हो । कोरोना भाइरसका कारण धेरै जसो बैंक र बित्तिय सस्थाहरु बन्द भएका थिए ।

लमही नगरपालिकाका अन्य वडाहरुले पनि आफुहरुलाई पायक पर्ने बैंकहरु सँग सहकार्य गरेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेका छन । वडा नम्बर सातले लमही स्थित साँग्रिला बैंकबाट यो सेवा दिदै आएको छ ।

बैंक जादा गाडीको समस्या, भिडभाड, लाइनमा बस्नु पर्ने जस्ता समस्या देखेर मैले बैंकलाई वडामै आएर रकम बाडिदिन आग्रह गरे, वडाध्यक्ष गिरीले भने । कोरोना भाइरसले आम जनमनसमा त्रास फैली रहेको बेला वडाबासीलाई यो महामारीबाट जोगाउनु आफ्नो दायित्व र कर्तब्य भएको बताए ।

प्रतिकृया

प्रतिकृया