काठमाडौं
८ जेठ / नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।

प्रतिकृया

प्रतिकृया