देविराम कुसारी, दाङ
९ – जेठ / महिला सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले विपन्न परिवारका समुदायलाई करिव ६० हजार वरावरको खाद्यान्न वितरण गरेको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनवाट समुदायले भोग्नु परेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग कार्यक्रम अन्तरगत सहयोग प्रदान गरिएको प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिए ।

प्युठान र दाङका स्थानियतहवाट पहिलो चरणको राहात वितरण सुरु गरेको संस्थाले दोश्रो चरण अन्तरगत सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको छ । दोश्रो चरण अन्तरगत संस्थाले सल्यानको शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँ पालिका र दाङको घोराही उप–महानगरपलिकालाई सहयोग प्रदान गरिसकेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिए ।

दोश्रो चरणको कार्यक्रम अन्तरगत घोराही उप–महानगरपालिकाको समन्वयमा वडा नम्वर १४ को भवानी टोलका विपन्न परिवारलाई चामल, दाल, नुन वितरण गरिएको छ । संस्थाका सदस्य शुष्मा गौतमको अध्यक्षता तथा जनप्रतिनिधि केबव गिरीको प्रमुख आथित्यमा सो सामाग्री वितरण गरिएको संस्थाका वरिष्ठ प्रवन्धक रेग्मीले जानकारी दिए । घोराही १५ वडा अध्यक्ष रमेश कुमार पाण्डे र १४ का वडा अध्यक्ष रविलाल घर्तीको समन्वयमा त्यहाका परिवारको सदस्य संख्याको आधारमा राहात वितरण गरिएको हो ।

कार्यक्रममा ५ जनाको परिवारलाई २५ किलो चामल, एक किलो दाल र एक किलो नुन प्रदान गरिएको थियो । सो अवसरमा पाँच जना भन्दा सानोपरिवारलाई प्रति व्यक्ति पाँच किलो चामल र प्रति परिवारलाई एक किलो नुन र एक किलो दालका दरले ६५ परिवारलाई राहात वितरण गरिएको थियो ।  यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया