तुलसीपुर
९ जेठ / प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आफ्नो व्यक्तिगत लगानीमा पिपिई, ग्लोब्स, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमण महामारीका रुपमा फैलिरहेको अवस्थामा सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीहरुले बढी जोखिम मोलेर काम गर्न पर्ने भएकोले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको सांसद केसीले बताए ।

सांसद केसीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले सुरक्षित तवरले आफ्नो भुमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए । तुलसीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुरमा रहेको एक दर्जन बढी मिडियालाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरीहरनाथ योगी, अकोराबका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, शान्ति समाजका महासचिव शुसिल बस्नेत लगायतको सहभागिता थियो । रिर्पोटस क्लवमा आयोजित सामाग्री वितरण कार्यक्रमको सहजीकरण क्लवका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

सांसद केसीले यस अघि पश्चिम क्षेत्रमा रहेका स्वास्थ्य संंस्थामा पिपिई लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिसकेका छन् ।

प्रतिकृया

प्रतिकृया