दाङ,
९ – जेठ / वन गस्ती टोलिले पश्चिम दाङबाट सालको अवैध ४१ थान काठ सहित एक जना पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय दाङ र दंगीशरण सव डिभिजन वन कार्यालयबाट गएको संयुक्त वन गस्तिले विभिन्न नाप साईजको सालको चिरान काठ ४१ थान सहित सो घटनामा सलग्न रहेको आशन्कामा शाान्तीनगर गाउपालिका वडा नं १ बाट सोही ठाउका ६० वर्षका दिल बहादुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुरकेसीले जानकारी दिए ।

बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा ल्याईएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दंगीशरण सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत दयाराम पौडेलले जानकारी दिए । बराबर गरिएको काठ करिव ५० क्यू फिट छ ।

त्यस कार्यमा सम्बन्धित सुन्दर सामुदायिक वन उपभोक्ता समूहका कार्य समिति सँग पनि आवश्यक जाँचबुझ भईरहेकोले सत्य तथ्य पत्ता लगाई नियमानुसार कार्वाही गरिने डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए । लकडाउनको दुई महिनाको अवधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यू फिट काठ बरामद गरिएको छ । काठ तस्करी र बन्यजन्तु चोरी सिकारी सम्लग्न रहेको अभियोगमा दुई दर्जन बढिलाई कार्वाहीको प्रक्रियामा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया