प्रिया स्मृती गजमेर ,लमही
११ – जेठ / लमही नगरपालिका वडा नम्बर ९ ले वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।  बन्दाबंदीका कारण सवारी साधन बन्द हुँदा लमही सम्म आएर भत्ता लिन नसक्ने स्थिति आएपछि वडाध्यक्ष भेष बहादुर केसीले लमहीमा रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैंकका कर्मचारीलाई वडा कार्यालयमा बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।

वडा नम्बर ९ भौगोलिक हिसाबले लमही नगरपालिकाको सबै भन्दा बिकट वडा हो । झन्डै डेढ दर्जन गाउँ भएको वडा नम्बर ९ मा जनसंख्या नि उत्तिक्कै बाक्लो छ । आइतवार बिहानै देखि वडाध्यक्ष केसीले आफ्नै पिकअप भ्यान प्रयोग गरेर दुरी कायम गर्दै गाउँ गाउँ बाट सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई वडा कार्यालयमा ल्याउने वातावरण मिलाएका थिए ।  वडा नम्बर ९ ले जम्माजम्मी दुई सय बाह्र जनालाई सुरक्षा भत्ता बाडेको छ ।

वडा कार्यालयमा आउन नसक्ने अशक्तहरुलाई एक जना जप्रतिनिधि र बैंकका कर्मचारी घरमै गएर पनि भत्ता दिएको वडाध्यक्ष केसीले बताए । वडा सम्म आउन पनि समस्या हुने देखिए पछि बैंकका साथीहरुलाई आग्रह गरेर घरमै पुगेर दिएका हौ वडाध्यक्ष केसीले भने ।

विपदमा जनता संगै छौ – जनप्रतिनिधि 

बन्दका कारण लमही बजार सम्म आएर अत्यावस्यक उपभोग्य बस्तु लैजान नसकेका वडाबासीहरुलाई वडाध्यक्ष केसीले आफ्नै गाडी प्रयोग गरेर गाउँ सम्म पुराउदै आएका छन् । त्यस्तै वडा भित्र बाहिर बाट आउने मानिसहरुको बारेमा जानकारी लिइरहेको उनको भनी छ ।

जिल्ला बाहिर बाट कोहि आउदै गरेको जानकारी पाए भने सिधै क्वारेनटाईनमा आएर बस्नी भए आउनुस नत्र उतै व्यवस्थित भएर बस्नुस भन्ने गरेको छु वडाध्यक्ष केसीले भने । लकडाउनका बेला कही कतै नजान समेत वडा कार्यालयले वडा बासीलाई आग्रह गरेको छ । वडामा हुने समस्याका बारेमा हामि सबै जनप्रतिनिधि चनाखो भएर बसेका छौ, त्यस्तो केहि जानकारीमा आउना साथ् वडाको वैठक राखेर समाधानको उपाय निकाल्ने गर्दछौ वडा सदस्य खीम बहादुर योगीले भने ।

आफ्नो पायक पर्ने गाउँ सम्म दैनिक जसो पुगेर जनताको समस्याका बारेमा जानकारी लिने गर्दछु, मैले पनि सके सम्म सहयोग गर्ने गरेकी छु वडा नम्बर ९ कि वडा सदस्य तथा लमही नगरकार्यपालिका सदस्य पार्वती विश्वकर्माले भनिन । कोहि नुन सकियो भन्न आउछन कोहि खाने चामल भन्न आउने गरेको विश्वकर्माको भनाई छ ।

प्रतिकृया

प्रतिकृया