तुलसीपुर,
१२ – वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवार स्थित ग्वारखोलामा आईतबार विहान जेसीवीमा आगजनी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर ४ बस्ने ४७ बर्षीय लोकमणी आचार्य र वडा नं. १९ निवासी ३९ बर्षीय कृष्ण थापालाई पक्राउ गरिएको हो ।

ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवीमा आगजनी हुँदा जेसीवी जलेर काम नलाग्ने भएको छ । तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी आगजनी गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया