काठमाडौँ ,
१२ – जेठ / सोमबारै थप सातजना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन् । उनका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ ।

उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए । त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार गुलरिया(१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया(२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ ।

जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सोमबारै बाराकै अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नेशनल मेडिकल कलेज वीरगञ्‍जमा जेठ ४ गते ज्यान गुमाएका बाराका ७० वर्षीय वृद्धमा कोरोना पुष्टि भएको उनले बताए । यसअघि सोमबार बिहान देशका विभिन्‍न जिल्लामा ७२ जना कोरोना संक्रमित भेटिएका थिए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।
स्रोत : थाहा खवर

प्रतिकृया

प्रतिकृया