सन्जय नाथ , रुकुमपूर्व
२९ – जेठ / रुकुम पूर्वमा लोकल तथा व्रोईलर कुखुराको मासुको अभाव भएको छ । नेपाल सरकारले लागु गरेको लकडाउनले गर्दा कुखुराका चल्ला ल्याउन नपाएपछि रुकुम पूर्वमा स्टक रहेको व्रोईलर तथा लोक्कल कुखुराहरु पनि सकिएका हुन ।

दाङवाट ३ सय कोईलर चल्ला ल्याउदै थिए ल्याउन दिईएन त्यो कुखुरा ल्याएको भए केहि मात्रमा भएपनि पुर्ति हुने थियो सिस्ने गाउँपालिका ६ का सुसिल गौतम ले भने । म सँग ४ हजार ४५ सय जति कुखुरा थिए ति कुखुराहरु सकिए उनले भने ।  त्यस्तै सिस्ने गाउँपालिका ५ का अर्का व्यापारि सरद मंगल ओली संग पनि लकडाउन हुदाको समयमा ५ सात हजार कुखुरा थिए ।

तर उ वेला कुखुरा वाट पनि कोरोना सर्छ भनेपछि सस्तो मूल्यमा नै भएको जति कुखुरा वेचेको उनले बताए । ओलिले व्यावसाय गर्न थालेको ५ वर्ष भयो यस्तो समस्या वर्षादको समयमा सडकको कारणले हुने गरेको थियो तर अहिले यो लकडाउनले गर्दा मासुको अभाव भएको उनले बताए ।

उनले भने अव कुखुराका चल्ला आउदो असार २गते मात्र आउदैछन ती कुखुरा नहुर्कदा सम्म मासुको अभाव हुने नै देखिन्छ । कुकुरा हुर्कन र मासुको लागि तयार हुन ४० , ४५ दिन लाग्ने गर्दछ । अहिले दाङ वुटवल जताततै ठुला कुखुरा छैनन कतै भएपनि महंगो भएकाले ल्याउन सम्भव नभएको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया