रुकुम पश्चिम
३ असार / रुकुम घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले एकरएक लाख रुपैयाँ राहत दिने भएको छ । रुकुम घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाको परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

मृतकका परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषद्को बैठकमा भएको हो । यस निर्णयले परिवारको पीडामा कम गर्ने प्रदेश सरकारले अपेक्षा लिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको ज्यान गएको थियो ।

भेरी नगरपालिका जाजरकोटका नवराज विक,सन्दीप विक, गणेश विक, टीकाराम सुनार, गोविन्द शाही र लोकेन्द्र सुनारले ज्यान गुमाएका थिए ।

प्रतिकृया

प्रतिकृया