तुलसीपुर
२९ साउन/ दाङको बबई गाउँपालिकामा विहीबार २ जना कोरोना संक्रमति थपिएसंगै दुई गाउँ सिल गरिएको छ ।

हापुरे क्वारेन्टाइनमा बसेका २१ जना र समुदाय स्तरका ५७ जनाको कोरोना परीक्षण गर्दा बबई गाउँपालिका वडा नं. ६ का २२ बर्षीय पुरुष र वडा नंं.७ का २५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि दुई गाउँ सिल गरिएको हो ।

उनीहरु क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । बबई गाउपालिका ६ का टिकुलीगैरा र ढुङ्गीवगरलाई सिल गरिएको वडाध्यक्ष रामबहादुर डाँगीले बताए ।

प्रतिकृया

प्रतिकृया