सन्जय नाथ , रुकुमपूर्व
१० – भदौ / रुकुमपूर्वमा सलह भित्रिएको महिनौ हँुदा पनि जोखिम कम भएको छैन । सिस्ने गाउँपालिका १ मा सलह किराले किसानले लगाएको बालीमा क्षती पु¥याएको छ । जेठ १६ गतेदेखि देखा परेको सलहले अहिले सिस्नेका बिभिन्न ठाउँमा बाली बोटविरुवा आतंक मच्चाइ रहेको छ ।

सिस्नेको ठुलोसिस्ने, भट्टेचौर, लाम्पाखा, पाखापानी, ओख्रेना, भङलगायत सबै टोल बस्तिमा सलहले बाली सखाप पारेका स्थानीय निमबहादुर बुढाले बताए । सिस्ने गाउँपालिका वडा नं। १ अति विकट ठाउँ भएकोले समयमा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समेत सकस हुने गरेको छ ।

सिस्ने बासिहरु कृर्षीमै आत्मनिर्भर रहेको र सलहले बाली सखाप पारे सङ्गै भोक मरीको सम्भावना हुन सक्ने भन्दै स्थानीहरु चिन्तित बनेका छन । सिस्ने गाउँपालिकाको सबै वडामा सलहले आंसिक रुपमा क्षति गरेको सिस्ने २ का वडाध्यक्ष जीवन केसीले बताए ।

प्रतिकृया

प्रतिकृया