तुलसीपुर ,
३० – भदौ / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ पकर्रेमा सिचाई सुविधा पु¥याउने उद्देश्यले चमाई खोला झारी भर्ने जल उपभोक्ता संस्था गठन गरिएको छ । संस्थाको मंगलबार सम्पन्न विशेष साधारण भेलाले दुर्गाबहादुर खत्रीको अध्यक्षतामा नौ सदस्यीय प्रबन्ध समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णु बहकरी, सचिवमा शोभाकर रोका, कोषाध्यक्षमा मीना बस्नेत घर्ती सदस्यहरुमा नेबहादुर बस्नेत, तोयाराम बस्नेत, कल्पना बुढाथोकी, कमला घर्ती र ऋषिबहादुर केसी रहेका छन् । त्यसैगरी शिवप्रसाद रेग्मी र शेषमणि कवरलाई सल्लाहकारमा चयन गरिएको छ । त्यसैगरी गोकर्ण पौडेल,लोकमाया पुन र लोकबहादुर रोकालाई अनुगमन समितिमा चयन गरिएको छ । विशेष साधारण भेलाले संस्थाको विधान समेत सर्वसहमतिमा पारित गरेको छ ।

साथै सिचाई डिभिजन कार्यालयबाट प्रारम्भिक चरण सर्वे सम्पन्न भएकाले सिचाईको बाँध र नहर निर्माणका लागि प्रक्रिया अघि बढाइदिन आग्रह गर्ने निर्णय समेत गरिएको छ । २०४५ सालमा निर्माण गरिएको कुलाको बाँध निर्माण गरेपनि कुलो भनेँ कच्ची रहेको छ । कुलोले ५० हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पु¥याउँदै आएको छ । बाँध र नहर पक्की भएपछि तीन बालीसम्म किसानहरुले लगाउन सक्ने संस्थाका अध्यक्ष दुर्गाबहादुर खत्री बताए ।

वर्षाका कारण दुधरास छिल्लीकोट सडक अवरुद्ध :

सोमबार राती परेको वर्षाका कारण दुधरास छिल्लीकोट सडक अवरुद्ध भएको छ । छिल्लीकोट टोल विकास संस्थाका अध्यक्ष पलबहादुर खडकाकाअनुसार सक्रामदेखि छिल्लीकोटसम्मको सडकका दुवै क्षेत्रमा पहिरोले सडक अवरुद्ध पारेको छ । त्यसैगरी सक्रामदेखि छिल्लीकोट सम्म पु¥याइएको विद्युत पोल समेत ढलेका छन् । सडकमा आएको पहिरो हटाउनका लागि तुलसीपुर उपमहानगरपालिका समक्ष माग गरिएको टोल विकास संस्थाका अध्यक्ष पलबहादुर खडकाले बताए ।

प्रतिकृया

प्रतिकृया