घोराही,
३ असोज/ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संविधान जारी भएको ५ बर्ष पुगेको अबसरमा नगरबासी एवं सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छ्न ।


                                                                                 ADVERTISEMENT



नेपाली जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त संविधान जारी भएको दिनका अबसरमा नगर प्रमुख चौधरीले शुभकामना दिदै संविधान कार्यान्वयन र समृद्धिमा जोड दिएका छ्न । निकै लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक संविधानको कार्यान्वयनमा अझै बिषेश ध्यान दिन आबस्यक छ उनले शुभकामनामा उल्लेख गरेका छन ।

सबै वर्ग समुदायको उत्थान र न्यायका निम्ती यो संविधानलाई अक्षरस कार्यान्वयन गर्नुका साथै संबृद्धीको मार्गमा स्थापित गराउनु सबैको दायित्व भएको र जनता सँग प्रत्यक्ष जोडिएको स्थानिय सरकारको संबृद्धी, विकास, न्याय, समाबेशीतामा निकै धेरै जिम्मेवारीको महशुस गर्दै नगरको चौतर्फि विकासमा प्रतिबद्ध रहदै हातेमालोका साथ अघि बढ्ने प्रण गरेका छन । नगरलाई सामाजिक न्यायसहितको आर्थिक, सामाजिक, पूर्वाधार विकासलाई अघि बढाउने दायित्वमा सबैको साथ सहयोगको समेत अपिल गर्दछु भनेका छन ।

प्रतिकृया

प्रतिकृया