प्रिया स्मृती गजमेर, लमही
११ असोज/ नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालले ४१ औं सामाजिक सेवा दिवसका अवसर मा स्वास्थ्य सेवा र कोभिड १९ विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अस्पतालले सन् २०२० जनवरी देखि २०२० अगष्ट सम्ममा गरेको कार्य प्रगगिको बारेमा जानकारी गराएका थिए ।


                                                                                 ADVERTISEMENT



अस्पतालले यस अघि यो दिवस विभिन्न कार्यक्र गरेर मनाउने गरेको थियो तर यस पटक कोभिड १९ का कारण औपचारिक मै सिमित गर्नु परेको अधिकृत थापाले बताए । कार्यक्रमका प्रमुख अतिथि लिला शाहले अहिलेको समयमा प्रयोग हुने बिधुतिय उपकरणले गर्दा भविष्यमा महिला तथा बालबालिकालाई थप समस्या हुने भएकोले आवश्यक श्रोत साधनको व्यवस्थापन गर्न स्थानिय तथा संघिय सरकारको ध्यान जान जरुरि भएको बताईन ।

कोरोना भाइरसको समस्याले गर्दा अस्पताललाई जस्तो सुकै संकट आएपनि जनशक्तिको साधान स्रोतका लागि सरकारलाई घचघचाउन आवश्यक रहेको बताउदै सेवा बन्द नहुने जानकारी दिएकी छन् । कार्यक्रममा पत्रकार राधेश्याम गुप्ता, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ का सहकोषाध्यक्ष तथा लमहीका प्रशासनिक संयोजक घनश्याम सुबेदी, नेत्रज्योति संघका सल्लाहकार उमाकान्त पन्त लगायतले बोलेका थिए । नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्र बहादुर खड्काको सभापतित्व तथा नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ का कोषाध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेत्र बिशेसज्ञ मदन चौधरीको स्वागत र सहजीकरण सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया