घोराही,
३० असोज/ दाङका पत्रकारहरुप्रति नेपाल प्रहरीले दुव्र्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । युनियनले आज प्रेस विज्ञेप्ती जारीगर्दै सन्ध्याकालिन काम सकेर घर फर्कने पत्रकारहरुप्रति दुव्र्यवहार बढिरहेको भन्दै खेद समेत प्रकट गरेको छ ।


                                                                                 ADVERTISEMENT



केहिदिन अघि रेडियो स्वर्गद्वारी एफ.एम. र नागरिक दैनिकका दाङ संवाददाता एवं नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव देबेन्द्र बस्नेतले प्रहरीले आफुलाई घरजाँदा दुव्र्यवहार गरेको सार्वजनिक गरेपछि यो घटनाप्रति नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जनताको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीबाट पत्रकारहरुमाथि केहि समयदेखि भैरहेका दुव्र्यवहारका घटनाप्रति प्रेस युनियन गम्भीर बनेको समेत जनाएको छ ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतलले आज एक प्रेस विज्ञप्ति निकालेर केही दिन पहिले रेडियोबाट कोठा फर्किरहेका पत्रकार बस्नेतमाथि भएको अभद्र व्यवहारको विरोध जनाएका हुन ।

विशेषगरि रातीको समयमा काम गर्ने, सूचना संकलन तथा सम्प्रेषणमा खट्ने पत्रकारमाथि प्रहरीबाट बारम्बार भैरहेका दुव्र्यवहारका घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यसप्रकारका घट्नाहरु आगामी दिनमा नहोह¥याउन समेत आग्रह गरेको छ ।

प्रतिकृया

प्रतिकृया