तुलसीपुर
१-कार्तिक / आरोग्य नेचर केयर अस्पतालको भवनको शिलन्यास गरिएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमका बिच १० शैयाको अस्पतालको भवन शिलन्यास गरिएको हो ।


                                                                                 ADVERTISEMENT



तुलसीपुर-६ रजौरामा करिब दुई करोड लागतमा निर्माण हुन लागेको अस्पतालको भवनको शिलन्यास नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले गरेका हुन् । विगत ४ बर्ष देखि तुलसीपुरमा सेवा दिदै आएको आरोग्य प्राकृतिक क्लिनिकले प्राकृतिक चिकित्सा सेवालाई प्राचिन, आधुनिक र वैज्ञानिक ढंगबाट सञ्चालन गर्न रजौरामा जग्गा लिजमा लियर १० शैयाको अस्पताल सञ्चालन गर्न भवन निर्माण सुरु गरेको डा. उमेश केसीले जानकारी दिए ।

भवनको शिलन्यास गर्दै प्रमुख अतिथि पोख्रेलले प्राकृतिक चिकित्साद्धारा सेवा प्रदान गर्दै आएको आरोग्य प्राकृतिक क्लिनिकले दिदै आएको सेवा विश्वसनिय भएको बताए । उनले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरी समयमै अस्पतालले सेवा प्रवाह गर्न तर्फ लाग्नु पर्ने बताए । हाल आरोग्य प्राकृतिक क्लिनिकले प्राकृतिक चिकित्साद्धारा विभिन्न किसिमका सेवाहरु दिदै आएको छ ।

क्लिनिकले विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण, प्राकृतिक चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, फिजियोथेरापी, अकुपंचर, अकुप्रेशर, मसान थेरापी, योग, प्याथोलोजीलगायतका सेवाहरु दिदै आएको प्राकृतिक चिकित्सक डा. उमेश केसीले जानकारी दिए । शिलन्यास भवन समयमै निर्माणको काम सकेर माघ देखि अस्पतालले सेवा दिने बताएको छ ।

प्रतिकृया

प्रतिकृया