काठमाडौं
८ कात्तिक / गतवर्षको ब्लकबस्टर चलचित्र छ माया छपक्कैको सिक्वेल बन्ने भएको छ । निर्माता रोहित अधिकारीले केही हेरफेरसंगै पहिलेकै टिम दिपकराज गिरी र दिपेन्द्र लामासंग सिक्वैल बनाउने बताएका छन् ।

निर्देशक दिपेन्द्र लामाले सिक्वेलको कथा लेखिरहेका छन् । छ माया छपक्कैले १४ करोडको व्यापार गरेको थियो ।  दाङ निवासी निर्माता रोहित अधिकारीले २०७३ सालमा स्टार अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई लिएर गाजलु निर्माण गरेका थिए । गाजलु सुपरहिट भएदेखि रोहित चलचित्र क्षेत्रमा चिनिएका हुन् ।

छ माया छपक्कैको सिक्वेल अघि रोहित निर्देशक दिनेस रावत र स्टार अनमोल केसीसंग नयाँ चलचित्रको तयारीमा छन् । रोमान्टिक प्रेम कहानीमा बन्ने यो चलचित्र सकाएर छ माया छपक्कैको सिक्वेल निर्माणमा जुट्ने रोहितले बताए । उता दिपकराज गिरीको टिम पनि छक्कापंजा ४ सकाएर नै छ माया छपक्कैको सिक्वेलमा जोडिने भएको छ ।

 

प्रतिकृया

प्रतिकृया