सल्यान ,
२३ – कात्तिक / सल्यानको श्रीनगर बजार एक साताको लागी बन्द गरिएको छ । स्थानिय एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि श्रीनगर बजार एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आईतबार एक बिज्ञप्ती जारी गरी जनाएको छ ।


                                                                                 ADVERTISEMENT



आईतबार २३ गतेदेखी कात्तिक २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । यो अवधिमा अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया