दाङ ,
२६ – कात्तिक / नेपालीहरुको महान् चाड तिहार नजिकिँदै छ । तिहारमा ओखरको महत्व धेरै छ । दाजुभाइलाई कुनै पनि बाधा नआओस् भन्नाका लागि दिदिबहिनीले भाइटिकामा ओखर फुटाउने चलन छ ।
धार्मिक महत्व एकातर्फ छ अर्कोतर्फ ओखर खाँदा स्वास्थ्यमा फाइदै फाइदा छ । ओखरलाई भूमध्य क्षेत्र र मध्य एसियामा मानव आहारको रुपमा हजारौं वर्षदेखि प्रयोग गरिँदै आएको छ ।


                                                                                 ADVERTISEMENT



ओखर खानुका फाइदाहरु

–ओखरमा प्रचुर मात्रामा ओमेगा ३, फ्याट्टी एसिड र एन्टिअक्सिडेन्ट पाइन्छ । नियमित रुपमा ओखर खाँदा मस्तिष्कलाई तेज बनाउनुका साथै मुटु र क्यान्सर रोगलाई नियन्त्रण गर्छ । ओखरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्नुका साथै रक्तनलीलाई सन्तुलित राख्दछ ।

–प्राय ओखर स्न्याक्सका रुपमा खाने गरिन्छ । ओखर तौल नियन्त्रणका लागि पनि उत्तम हुन्छ किनकी ओखरले लामो समयसम्म भोक लगाउँदैन । ओखरले पेटसम्बन्धी समस्यालाई पनि कम गर्दछ । किनकी ओखरमा फाइबर पर्याप्त हुन्छ ।

– महिनावारीको समयमा ओखर र मह मिसाएर मनतातो दुधसँग खाएमा फाइदा गर्छ ।

–रुघाखोकी लागेको बेला ओखरलाई पोलेर वा भुटेर खाएमा खोकी कम हुन्छ ।

–ओखर धेरै प्रकारका भिटामिन र खनिजको स्रोत हो । ओखरमा क्याल्सियम प्रशस्त हुने भएकाले मांशपेशी तथा जोर्नीको दुखाइलाई कम गर्छ ।

–ओखरमा ६५ प्रतिशत फ्याट, १५ प्रतिशत प्रोटिन, फोलिक एसिड, फस्फरस, भिटामिन बि ६, भिटामिन ई पाइन्छ जसले मष्तिष्कलाई स्वस्थ राख्नुका साथै छालालाई सुन्दर र मुलायम बनाउँछ ।

–ओखरले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतालाई बढाउँछ, यसले शुक्रकिट बढाउन मद्धत गर्दछ ।

स्रोत :हेल्थपाटी

प्रतिकृया

प्रतिकृया