तिर्थराज ज्ञवाली देउखुरी,
२६ – कात्तिक / राप्ती गाउँपालिका भित्र विभिन्न वडा तथा समुदायस्तरमा कोभिड १९ संक्रमण देखिएकोले पुनः सबैलाई सजग रहन अनुरोध गर्दै विद्यालय समेत बन्द गर्न अनुरोध गरिएको छ ।
ADVERTISEMENT
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै राप्ती गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सुचना प्रकाशन गर्दै कोरोनाबाट सजक रहन आग्रह गर्दै विद्यालय आगामी तिहार, छठ पर्व लगायतलाई समेत ध्यान दिदै विहिवार २७ गते देखी मंसिर ६ गते सम्म विद्यालयहरु बन्द गर्न आग्रह गरेको छ । बुधवार बसेको सामाजिक विकास समितिको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।