एजेन्सी ,
२६ – कात्तिक / अमेरिकामा हालै गरिएको अनुसन्धानले दैनिक खुर्सानी खाने मानिस लामो समय बाँच्ने देखाएको छ ।  अमेरिकन हर्ट एसोसिएसनका अनुसार नियमित खोर्सानी सेवनले क्यान्सर र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखिएको हो ।


                                                                                 ADVERTISEMENT



अमेरिका, इटली, चीन र इरानका ५ लाख ७० हजार मानिसमा अनुसन्धान गरिएको थियो । त्यस क्रममा खोर्सानी खाने व्यक्तिलाई अप्रत्याशित स्वास्थ्य लाभ भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । नियमित खोर्सानी खाँदा मुटु रोगबाट मृत्यु हुने जोखिम २६ प्रतिशतसम्म घटाउने अनुसन्धानकर्ताको दाबी छ ।

यस्तै क्यान्सरबाट हुने मृत्युको जोखिम २३ प्रतिशतसम्म कम गर्ने अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार समग्रमा खोर्सानीको नियमित सेवनले विभिन्न रोगबाट हुने मृत्युको जोखिम २५ प्रतिशतसम्म घटाउने पाइएको छ।

प्रतिकृया

प्रतिकृया