घोराही,
२३ पुस/ प्रतिनिधी सभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दाङले वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया गरेको हो । नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा विघटन गर्नु असंवैधानिक तथा प्रतिगामी कदम भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् ।


                                                                                 ADVERTISEMENT


 


नेकपाका नेता लक्ष्मण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सेक्रेटरी जिवन गौतमले विषयमा प्रवेश गराउनुभएको थियो । प्रतिनिधी सभा विघटन विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउनका लागी भोलि जिल्ला प्रशासण कार्यालय दाङलाई ज्ञापनपत्र बुझाउने नेकपा दाङले जनाएको छ ।

कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य दामा शर्मा,राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी, बामपन्थि नेता तथा वुद्धिजिवी अमर गिरी,नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय सदस्य प्रेम ओली,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थलगाएतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला सचिव सुबास पुनले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया