तुलसीपुर,
४-फागुन/अबैध बन पैदवार ओसार पसार मुद्धामा फरार अभियुक्त करिब ६ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ३ लक्ष्मीपुरका ३० बर्षीय बिशाल बिक रहेका छन् । उनलाई दाङ देउखुरी जिल्ला अदालत दाङले २०७१ असार १२ गते बन पैदावार ओसर पसार मुद्धामा १४ दिन कैद र २९ हजार ४०० सय रुपैया जरिमाना तोकेको थियो ।


                                                                                 ADVERTISEMENT


 


अदालतको पैसला पछि उनी फरार रहेका थिए । उनलाई गोग्ली स्थित प्रहरी चौकीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । यसैविच जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयन अन्र्तगत आलु आर्थिक बर्ष २०७७/७८ मा बिभिन्न मुद्धामा फरार ४८ जना अभियुक्तलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिकृया

प्रतिकृया