सल्यान
२३ फागुन/  जिल्ला कारागारमा ८४ वर्षीय कैदी जीवलाल बोहराको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या देखिएपछि उनलाई एक सातादेखि जिल्ला अस्पतालमा राखेर उपचार सुरु गरिएकोमा शनिबार बेलुकी मृत्यु भएको जिल्ला कारागार सल्यानका जेलर बलबहादुर केसिले बताए । बोहराको शव प्रक्रिया पुर्‍याएर आफन्तलाई जिम्मा लगाइएको उनले जानकारी गराए ।


                                                                                 ADVERTISEMENT

 


जिल्ला अस्पताल सल्यानका ईन्चार्ज डा। भिमकान्त जैसीले बोहरालाई अस्पताल ल्याउँदा मुटुले काम नगरेको देखिएपछि औषधि प्रयोग गरे पनि सुधार नआई उनको मुत्यु भएको बताए । कपुरकोट गाउँपालिका ४ धनबाङ्ग घर भएका बोहरा स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सल्यानले ०७२ मा आठ वर्षको कैद फैसला गरेको थियो ।

प्रतिकृया

प्रतिकृया