रोल्पा,
२४-फागुन/ रोल्पामा सिमेन्ट उद्योगको टिप्परले सडक बिग्रिएको भन्दै स्थानीयले सडक सुधारको माग गर्दै सहिदमार्गको घोराही–होलेरी खण्ड अवरुद्ध पारेका छन् ।


                                                                                 ADVERTISEMENT

 


टिप्पर गुड्नका लागि वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यसअघिदेखि नै स्थानीयहरुले माग गर्दै आएका थिए । तर मागको सुनुवाइ नभए पछि आन्दोलन गर्नुपरेको र अन्य गाडीका लागि एक दिन बन्द गरिएको भए पनि टिप्परको हकमा भने अर्को विकल्प नहुँदासम्म सडक अवरुद्ध गर्ने पनि सहिदमार्ग सङ्घर्ष समितिका समितिका संयोजक नन्दराम खड्काले बताए ।

सडक सुधारको माग गर्दै सङ्घर्ष समिति नै बनाएर केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयले आज भने सडक ठप्प पारेका हुन् । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ नयाँ गाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगका लागि सहिदमार्ग हुँदै दैनिक सयौँ टिप्परहरूले चुनढुङ्गा ढुवानी गर्ने गरेका छन् ।

प्रतिकृया

प्रतिकृया