दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

प्रिया स्मृती गजमेर,लमही
१५-चैत/ लमही नगरपालिका वडा नं.६ ढिकपुरका आगलागी पिडीतलाई नेपाली कांग्रेसले राहत प्रदान गरेको छ। नेपाली कांग्रेस लमही नगर समितिका सभापति शिव प्रसाद चौधरीको सक्रियतामा संकलन भएको ६० हजार बराबरको जस्तापाता लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका आगलागी पिडितलाई प्रदान गरिएको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



जस्तापाता प्रदान गर्दै क्षेत्रीय सभापति पाण्डेले बाढी पहिरो, आगलागी जस्ता प्रकोप बाट पिडित बनेका मानिसहरुको घाउमा मलम लगाउने काम नेपाली कांग्रेसले गर्दै आएको बताए । यत्ति जस्तापाताले सबै आगलागी पिडितलाई नपुग्ला तर पनि यो सानो सहयोगले केहि राहत मिलोस भनेर प्रदान गरिएको पाण्डेको भनाई छ। त्यस्तै कांग्रेसका पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेपाली कांग्रेस हरेक जनताको दुखमा साथ दिने एक मात्र पार्टी भएको बताउदै आपत बिपतमा परेका जनतालाई सहयोग गर्ने बताए।

केहि दिन अघि पनि नेपाली कांग्रेसले दाङ्ग र भारतको सिमानाकामा आगलागी पिडितलाई राहत प्रदान गरेको थियो । नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, पुर्व महासमिति सदस्य मधु न्यौपाने, वडा नम्बर ४ का वडा सभापति मनिराम चौधरी, तरुण दल क्षेत्रीय सभापति किरण पौडेल, लमही खानेपानीका कोषाध्यक्ष जंग बहादुर चौधरी लगायतले आइतवार बिहान ढिकपुर गाउँमै पुगेर जस्तापाता प्रदान गरेका हुन् ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना