दाङ,
१५-चैत/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को जिल्ला भेला तुलसीपुरमा सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक ब्यापारीकरण,माफियाकरण, दलालीकरण ,भ्रष्टीकरणका बिरुद्धमा निर्मम सङ्घर्ष गर्दै शिक्षालाई पुर्णरुपमा निशुल्क ,सर्बसुलभ व्यवहारिक , वैज्ञानिक शिक्षा लागू गराउन पर्ने बताए ।


                                                                         बिज्ञापन
   



अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताउदै भेलाबाट नेतृत्वमा आउने विद्यार्थीहरु सधैं संघर्षमा उत्रन निर्देशन दिए । नेकपा (क्रान्तिकारी माओबादी ) का जिल्ला इञ्चार्ज समीरले अबको शैक्षिक राजनीतिक आन्दोलनमा विद्यार्थी संगठन दरो भएर उभिनुपर्ने बताए । भेलामा नरेन्द्र बञ्जाडे लगायतले बोलेका थिए ।

मनोज थापाको अध्यक्षता भएको भेलाले ७ जना सदस्य पछि थप्ने गरी १८ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ । जस्को अध्यक्षमा मनोज थापा,उपाध्यक्षमा डाइमन गिरी ,पुष्पा भण्डारी, सचिवमा अनुपसिंह भण्डारी, सहसचिवमा करुणा सुनार लगायतका रहेका छन् ।

प्रतिकृया

प्रतिकृया