तुलसीपुर,
२४,चैत / लमही–घोराही सडकखण्ड ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर आउने तथा जाने व्यबस्था गरिएको छ ।


                                                                                 ADVERTISEMENT

 


सडक डिभिजन कार्यालयका सुचना अधिकारी अमिर सुवेदीका अनुसार सानो गाडी भने सोही मार्ग भएर सञ्चालन भइरहेका छन् । जीर्ण सडक मर्मत सम्भारका लागि आईतबारदेखि पाँच दिनसम्म बन्द भएको हो ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।

प्रतिकृया

प्रतिकृया