काठमाडौँ,
२४-चैत/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ ।


                                                                                 ADVERTISEMENT

 


गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ ।

आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी चिठी पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए । उहाँहरूलाई स्पष्टिकरण सोधिएको थियो । तीमध्ये कतिको चित्तबुझ्दो जवाफ आएन। कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो, शर्माले भने, ‘दल त्याग गरेपछि स्वतः पद जान्छ ।

त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो ।’ उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दियो ।

ओली समूहमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन् । सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने भएकाले प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका थिए । राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ( बादल) को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ ।
स्रोत : सेतोपाटी

प्रतिकृया

प्रतिकृया