दाङ,
२-साउन / दाङको घोराही स्थित गुरुकुल एकेडेमीले ‘डीवीएस विजनेश कन्सलटिङ्गसंग सहकार्य गरेको छ । व्यबस्थापन विषय पढ्ने विद्यार्थीहरुकालागि सहकार्य गरिएको हो । एकेडेमीले १२ पछिको उच्च शिक्षाका लागि आवश्यक पर्ने विभिन्न कार्यक्रमको आधारभूत सीप विकास तथा तालीमहरु प्रदान गर्न सहजताकालागि सहकार्य गरेको हो ।


                                                                         बिज्ञापन
   



अब एकेडेमीले व्यक्तित्व विकास,समय व्यवस्थापन,विभिन्न किसिमका सीप विकास,योजना विकास गर्नका लागि सक्षम बनाईने प्लस टु संयोजक निमानन्द गैरेले बताए ।

गुरुकुल एकेडेमीका तर्फबाट ‘प्लस टु’ संयोजक निमानन्द गैरे र डीवीएसको तर्फबाट संस्थापक निकुञ्ज न्यौपाने तथा दीपक सेठीबीच सम्झौता भएका सम्झौता पत्र बुझाएर शैक्षिक साझेदारी भएको हो ।

प्रतिकृया

प्रतिकृया