प्रिया स्मृती गजमेर,लमही
४-साउन/ लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी रिता गिरीको उमेरले डाँडाँ काट्दै छ तर पनि उनीमा अझै केहि वर्ष दुख, मेहनत गर्न सक्छु भन्ने जोंशिलो आँट छ । रिताले अहिले ४५ वटा बाख्रा छन । तिनै बाख्रालाई स्याहार सुसार गर्दैमा उनको दिन बित्ने गर्दछ । बाख्रा पालन व्यवसाय शुरु गरेको करिव ९/१० वर्ष भैसकेको छ ।


                                                                         बिज्ञापन
   



“दुख ग¥यो भने हरेक कामको प्रतिफल राम्रो पाइन्छ भन्ने मान्यता राख्ने उनी बाख्रा पालनबाट आफुले राम्रो आम्दानी गरेको बताउँछिन् । आइतवार दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले रितालाई फेरी दुईवटा माउ बाख्रा प्रदान गरेको छ । संस्थाले प्रदान गरेको बाख्रा मुसार्दै भनिन, “मेरो घरमा दुई जना नयाँ सदस्य थपिएका छन्, अब यी बाख्रालाई पनि राम्रोसंग पालन पोषण गरेर लायकका बनाउछु “–। रिता जस्तै धेरै महिलाहरु दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्घ भएर बाख्रा पालन गर्दै आएका छन ।

किसानहरुलाई खसी बोका बेच्ने भए पछि कहाँ लगेर बिक्रि गर्ने भन्ने चिन्तै छैन । किसानका खसी बोका होस् या माउ बाख्रा उचित मुल्यमा सहकारीले नै खरिद गर्ने गरेको छ । दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थामा जोडिएका धेरै महिला दिदी बहिनिहरुको घर खर्च राम्रो संग चलेको उनीहरुको भनाई छ । यसैविच आइतवार एक कार्यक्रमको आयोजना गरि बाख्रापालक कृषकको आयआर्जनमा सहज होस भन्ने उद्देश्यले माउबाख्रा वितरण गरिएको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थालेअध्यक्ष पुनम घर्ती मगरले जानकारी दिईन ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले पचास जना महिला कृषकलाई निशुल्क रुपमा एक सयवटा माउबाख्रा वितरण गरेको हो । बाख्रा प्रवर्धन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको १२ लाख ९६ हजार ६ सय रुपैयाँ आर्थिक सहयोगमा कृषकहरुबाट एकसय वटा माउबाख्रा खरिद गरि व्यवसायीक रूपमा बाख्रापालन गर्दै आएका लमही नगरपालिका वडा नम्बर ७ र ८ का पचास जना महिला कृषकलाई पहिचान गरेर निशुल्क रूपमा बाख्रा वितरण गरिएको अध्यक्ष घर्तीले बताईन ।

प्रतिकृया

प्रतिकृया