लक्ष्मण बस्नेत,तुलसीपुर
६-साउन/ दाङ तुलसीपुर ८ को अश्वारामा संचालित वडास्तरिय फुटबल प्रतियोगिता २०७८ को उपाधी टिकरी युथक्लबले जितेको छ । अश्वारा युथक्लव तुलसीपुर ८ को आयोजनामा माबी अश्वाराको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बिवाईसी युथक्लब बुटुनियालाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै टिकरी युथक्लबले उपाधी जितेको हो ।


                                                                         बिज्ञापन
   



उपाधी संगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको बिवाईसी उपबिजेतामा सिमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । स्थानिय स्तरका दर्शकहरुको शानदार उपस्थितीमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औँ मिनेटमा जर्सि न. ४० का समीर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा देब राज बस्नेत, नवीन सेन ठकुरी र बिवेक खड्का रहेका थिए ।

साउन १ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथक्लबका अध्यक्ष प्रबिन सेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष बेद बहादुर केसीको प्रमुख आतिथ्य एवं खेलप्रेमी युवा समाजसेवी किरण बहादुर शाह र नारायण भट्टराईको बिशिष्ट आतिथ्यमा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताए ।

मानव स्वास्थ्य संगै राष्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उउनले भने । यसको उच्च आदर्श लाई खेलाडी ले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्न आग्रह गरे । साथै उनले वडामा स्थापित क्लब तथा खेलाडीहरुलाई लक्षित गर्दै खेलमैदान निर्माण र आवश्यक खेल सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकिय सचिव धर्म ओलि,समासेवी जुद्ध बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अबसरमा प्रतियोगिता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी न ११ का सन्दिप बिकलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको संचालन गंगाराम बस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया