रुकुम
१२ साउन/  रुकुम पश्चिममा गए राति एक महिलाको हत्या भएको छ ।


                                                                         बिज्ञापन
   



त्रिबेणि गाउँपालिका– ४ छहरेकी अन्दाजी २६ वर्षीया मनिषा खड्काको हत्या भएको हो । भैँसीलाई घाँस हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको स्थानीयले बताएका छन् । 

हत्याका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको रुकुम पश्चिमका प्रहरी प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ‘हत्यामा कसको संलग्नता छ भन्ने अहिलेसम्म केही खुलेको छैन,’ उनले भने, ‘घटना अनुसन्धानमा म आफैँ पुगेर गरिरहेको छु ।’ मृतकको श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । स्रोत:शिलापत्र

प्रतिकृया

प्रतिकृया