एजेन्सी,
१३-साउन/ भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो ।प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । स्थानीय अधिकारीले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन् ।

प्रतिकृया

प्रतिकृया