दाङ,
१५-साउन/ तुलसीपुर उपमहानगरपालिका १३ बराखुट्टी निवासी सरीता नेपालीले आफ्ना श्रीमानलाई खोजी कार्य गरी दिन आग्रह गरेकी छन् । ३५ वर्षीय श्रीमान मेघराज नेपाली यही साउन १२ गतेदेखि सम्पर्क विहीन भएपछि उनले आग्रह गरेकी हुन् ।


                                                                         बिज्ञापन
   



यहि साउन ८ गते घरबाट विदेश जानको लागि काठमाडौ मेडिकल गर्न गएका मेघराज १२ गते दिउँसो देखि सम्पर्क विहीन भएपछि उनीले खोजी कार्य गरी दिन सबैमा आग्रह गरेकी हुन् । उनले भनिन्,‘ घरको सल्लाह अनुसार नै काठमाडौँ मेडिकल गर्न ८ गते जानु भएको हो । १२ गते विहान सम्म हाम्रो फोनमा कुरा भएको थियो ।

तर, दिउँसोबाट सम्पर्क विहीन हुनु भएको छ । उहाँले प्रयोग गरेको ९७४६२२३३२९३ नम्बरमा फोन हान्दा सम्पर्क हुनसकेन् उनले भनिन् । अहिले सम्म कुनै खबर आएको पनि छैन । त्यसैले मेरा श्रीमानलाई खोजी कार्य गरी दिन सबैमा आग्रह गर्दछु । ’

प्रतिकृया

प्रतिकृया