प्रिया स्मृती गजमेर, लमही
१५-साउन/ नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले नाका क्षेत्रको सडक बाटोलाई प्राथमिकिकरणमा पार्नु पर्ने बताए । साथै नाकाबासीलाई तत्काल सडक बाटोको आवश्यक भएको सभापति पाण्डेको भनाई छ। शुक्रवार लमहीमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ संगको भेटघाट कार्यक्रममा सभापति पाण्डेले नाकावासी अत्यन्तै मर्कामा परेको भन्दै त्यस क्षेत्रमा सडक निर्माणका लागि सबैको समन्वय हुनु पर्ने बताए ।


                                                                         बिज्ञापन
   



दाङका सबै नाकावासीहरु विधुत, सञ्चार, खानेपानी यातायात, स्वास्थ्य, शिक्षा लगायतका सेवा बाट बन्चित छन । सभापति पाण्डेका अनुशार त्यस क्षेत्रमा सडक बाटो निर्माण भएपछी दाङको पुर्वी सिमा भौरीसाल नाका देखि पश्चिममा भौवा नाका सम्म बसोबास गर्ने १ लाख जनता लाभान्वित हुने छन ।

भेटका क्रममा नाकाबासीको समस्यामा आफू गम्भीर भएको बताउदै त्यस क्षेत्रको विकासका लागि पहल थाल्ने बताए ।

प्रतिकृया

प्रतिकृया