घोराही,
१६-भदौ/ दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना जारी राखेको छ । संघले व्यवसाय गर्दा आइ पर्ने समस्या, कर, हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाढि वढने लगाएतका विषयमा जानकारी दिइने गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए ।


                                                                         बिज्ञापन
   



व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । यसले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ । यसरी पसल पसल सम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने उनको भनाइ रहेको छ ।

अहिले कोभिडको कारण व्यवसायीहरुलाई कोभिड सङक्रमण हुन वाट आफु पनि वचन र अरुलाई पनि वचाउन स्वास्थ्य मापदण्ड अनिवार्य पुपमा पालना गरेर व्यवसाय गर्न समेत आग्रह गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । लकडाउन मात्र हटेको कोभिडको जोखिम कायम नै रहेकोले सचेतन बन्न समेत गराउने गरिएको छ ।

यस प्रकारको अभियानलाइ निरन्तरता दिइने समेत उनको भनाइ रहेको छ । बजारी क्षेत्रका साथै ग्रामिण स्तर सम्म सचेतना अभियान पु¥याउने संघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया