रोल्पा,
२१-भदौ/ रोल्पामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । अविरल रुपमा परेको वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूर्णबहादुर थापाको घर पुरेको थियो ।


                                                                         बिज्ञापन
   



पहिरोमा परी थापाका श्रीमती ७० बर्षीया गौरी थापा र ५ वर्षका बालकको मृत्यु भएको हो । पहिरोमा परेर अन्य २ जना घाइते भएको रोल्पा प्रहरीले बताएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएका छन् ।

फाईल फोटो

प्रतिकृया

प्रतिकृया