तुलसीपुर,
२३-भदौ/ दाङमा उपचाररत रोल्पाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालमा उपचाररत रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको हो ।

ति पुरुषको बुधबार बिहान पौने ४ बजेको समयमा मृत्यु भएको अस्पतालका व्यवस्थापन दोर्ण वलीले जानकारी दिए । गएको भदौ ११ गते अस्पताल भर्ना भएका पुरुषमा कोभिड संगै निमोनियाको समस्या रहेको थियो । हाल अस्पतालको आईसियुमा पाँच जना कोरोना संक्रमित उपचाररत छन् ।

प्रतिकृया

प्रतिकृया