सल्यान,
२३-भदौ/ व्यवसायमा अभिप्रेरित गर्नका लागि सल्यानमा सामुदायीक समुह र युवा क्लवका सदस्यहरुलाई तालिम प्रदान गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकामा २४ जनाले व्यवशाय सचेतना तथा शुरु सम्बन्धी चार दिने तालिम प्राप्त गरेका हुन् ।


                                                                         बिज्ञापन
   



सहभागीहरुलाई व्यवसाय सम्बन्धी ज्ञान, सीप र धारणाको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले जनाए । उद्यम तथा व्यवसाय,व्यवसायीका गुण,व्यवसाय प्रवृद्र्धनका उपायहरु,व्यवसायीहरुका समस्या र नयाँ उद्यम तथा व्यवसाय सञ्चालनका कठिनाई र समन्वयका सन्दर्भमा सहभागिहरुलाई अभिमुखिकरण गरिएको थियो ।

तालिमको बुधबार कपुरकोटमा समापन गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम संयोजक गुमानसिंह नेपालीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, जिविकोपार्जन सुधार परियोजना सल्यानका कार्यक्रम संयोजक महेश हितांग लगाएतले बोल्दै उद्यम तथा व्यवशाय सञ्चालन गरी आयआर्जन मार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । स्थानिय स्तरमा रहेका श्रोत र साधनको पहिचान गरी जिवनलाई उत्पादनसँग जोड्न उनीहरुको आग्रह थियो ।

तालिमका सहजकर्ता प्रेमा बस्नेत विकले सिकेको सिम व्यवहारमा उतारेर सफल ब्यवशायी बन्न सहभागिहरुलाई आग्रह गरिन् । सहभागिहरुको तर्फबाट बोल्दै पूर्णिमा बुढा मगर र सागर शर्माले तालिममा धेरै ज्ञान प्राप्त गरिएको र अव केही गरौँ भन्ने उत्साह थपिएको बताएका थिए । कार्यक्रमको सञ्चालन सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेको थिए ।

प्रतिकृया

प्रतिकृया