बाँके,
२९-भदौ/ जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरेको छ । बाँके प्रहरीको टोलीले भारतबाट बिना भन्सार ल्याएर कोहलपुर तर्फ ल्याउँदै गरेको अवैध सामाग्रीलाई मंगलबार नेपालगन्ज १८ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।


                                                                         बिज्ञापन
   



भन्सार छलेर ल्याइएका सामाग्रीहरुमा सुर्तीजन्य पदार्थ , बिभिन्न लत्ताकपडा र अन्य सामाग्री गरि ९३ हजार ९९५ रुपैयाँ बराबरको रहेको एसपी अधिकारीले बताए । आज बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले बताएको छ ।

बाँके प्रहरीले तस्करीविरुद्ध कडा निगरानी बढाउदै धमाधम चोरबाटो हुँदै भन्सार छलेर ल्याइएका अवैध सामाग्रीलाई दिनहुँ बरामद गरिरहेको छ।

प्रतिकृया

प्रतिकृया