सल्यान,
२९-भदौ/ सल्यानको कपुरकोट गाउँपालिकाले कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।


                                                                         बिज्ञापन
   



मंगलबार एक कार्यक्रमका विच गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम जम्मा गर्ने, विभिन्न वस्तुगत सहायता उपलब्ध गराउने तथा आइसोलेसन र क्वारेन्टीन व्यवस्थापनमा सहयोग गर्ने ४० संघसंस्था, व्यवशायी र ब्यक्तिहरुलाई सम्मान गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । स्वास्थय क्षेत्रको वार्षिक समिक्षा कार्यक्रमको अवसर पारि गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले टिका, खादा र सम्मानपत्रले सम्मान गरेका हुन् ।

यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने एउटा स्वास्थ्य चौकी र पाँच जना स्वास्थ्यकर्मीहरुलाई पनि गाउँपालिकाले पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७७।०७८ मा उत्कृष्ट कार्य सम्पादन गर्ने धनवाङ स्वास्थ्य चौकी कपुरकोट पुरस्कृत भएको छ ।

सेवा प्रवाहमा उत्कृष्ट कार्य गर्ने धनवाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी सुजाता भण्डारी, रिम स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी नेत्रा वोहोरा, सिनवाङ स्वास्थ्य चौकीमा कार्यरत अनमी चांदनी वली, गर्पा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी माया पुन र सिनवाङ स्वास्थ्य चौकीमा कार्यरत अहेव मुना आचार्यलाई जनही तीन तीन हजार रुपैयाँ पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । यस्तै स्वास्थय क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै स्वास्थ्यका लागि सक्षम प्रणाली र सुआहारा कार्यक्रमलाई पनि सम्मान गरिएको स्वास्थ्य संयोजक दाहालले जनाए ।

प्रतिकृया

प्रतिकृया