दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रुकुम,
१४-असोज/ दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका रुकुम पश्चिमका दुई जनालाई हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत लगिएको छ । रुकुमको आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसिइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना