दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

ओमप्रकाश गुप्ता,भालुवाङ
२५-असोज/ लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ बजार सरसफाई गरिएको छ । बडा दशैको अवसरमा राप्ती उद्योग वाणिज्य संघ भालुवाङले होटल व्यवसायी, व्यापारी, स्थानीय प्रहरी, ट्राफिक प्रहरी, आशाका किरण, यातायात व्यवसायी, स्वास्थ्यकर्मी, नागरिक समाज, पत्रकार र स्थानीय सर्वसाधारणको सहभागितामा पुल्चोक बजार क्षेत्र सरसफाई गरेको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



भालुवाङ, प्युठान सडक खण्ड र मुख्य राजमार्ग तथा बजारका विभिन्न क्षेत्रमा सरसफाई गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । बजार क्षेत्रमा बढ्दो फोहरले बजार क्षेत्र दुर्गन्धित हुन थाले पछि बजार सरसफाई गरिएको हो । यसै क्रममा आइतवार भालुवाङको नयाँ बस पार्कबाट बस सेवा सुरु गरिएको छ ।

पुरानो भालुवाङ बजार र पुल्चोक बजारको बिचमा हनुमानगढी मन्दिर नजिकै बनेको भालुवाङ प्युठान सडक खण्डलाई लक्षित गरी बनाइएको बसपार्कबाट आइतवारदेखि बस सेवा सुरु गरिएको हो । उक्त स्थानमा विगत लामो समय देखि शहरी विकास कार्यालय दाङ र भालुवाङ नगर विकास समितिको करोडौ आर्थिक तथा प्राविधिक अनुदान लगाई उक्त बसपार्क बनाइएको हो । राज्यको करोडौ लगानीमा निमार्ण भएको बसपार्क सञ्चालनमा ल्याउन भालुवाङ नगरविकास समिति, राप्ती गाउँपालिका, स्थानीय प्रशासन असफल भएपछि यातायात सेवा अस्तव्यस्त भएको थियो ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

पुर्व पश्चिम राजमार्गको किनारा पुल्चोकमा ४ वटा बसपार्क, भालुवाङ प्युठान, रोल्पा सडक खण्डको पुल्चोकमा ३ वटा बसपार्क, पुरानो बजार क्षेत्रमा ४ वटा बसपार्क गरी झण्डै १० वटा बसपार्क विगत लामो समयदेखि भालुवाङमा सञ्चालन हुँदै आएका थिए । जसका कारण यातायातका साधानहरु अस्तव्यस्त र देशका विभिन्न भागमा आवतजावत गर्ने यात्रुहरुलाई ठुलो कठिनाइ भएको थियो ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना