दाङ,
४-कात्तिक/ दाङ प्रहरीले लेनदेन मुद्धामा फरार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ की ३७ बर्षीया मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २०७३ साल साउन २३ गते दाङ देउखुरी जिल्ला अदालतले कार्कीलाई लेनदेन मुद्धामा एक बर्ष कैद सजाए तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेकी कार्कीलाई लुकिछिपी बसेको अवस्थामा घोराही १४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । गएको असोज ३० गते पक्राउ गरेको कार्कीलाई बिहीबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया