तुलसीपुर,
९-मंसिर/ अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा तुलसीपुर मेट्रो कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम गरी मनाएका छन् । कलेजमा बिएएलएलबी दोश्रो खण्ड र एघार कक्षा अध्ययनरत विद्यार्थीहरुले महिला हिंसा न्युनिकरणका उपायहरु विषयक बक्तृत्वकला प्रतियोगीता गरी मनाएका हुन् ।

बिएएलएलबी दोश्रो खण्डमा अध्ययनरत छात्रा श्रिया गौतमको अध्यक्षतामा भएको प्रतियोगिताका सहभागीहरुले महिला हिंसा न्युनिकरणका लागी सर्वप्रथम महिला स्वयमले आफुमाथी भएका हिंसाका बारेमा जानकार हुनुपर्ने र हिंसा सहने बानीको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उनीहरुले महिला हिंसा अन्त्यका लागी विभिन्न समयमा बनेका विभिन्न किसिमका नियम, कानुनहरुको अक्षरसः पालन गर्नुपर्ने बताए । जबसम्म महिला स्वयम् शिक्षित र रोजगार हुदैनन् तब सम्म महिला हिंसा अन्त्यमा समस्या रहीरहने उनीहरुको दाबी थियो । महिला माथी हुने हिंसाले परम्परादेखि नै जरो गाडेर बसेको र यसलाई सजिलै उखेल्न गाह« पर्ने बताउदै सहभागीहरुले सबै तह र तप्काबाट लागेमा बिस्तारै न्युनिकरण हुदै जानेमा बिश्वास व्यक्त गरे ।

सो अवसरमा भएको प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत छात्रा स्मित्रा आचार्य प्रथम, बिएएलएलबी दोश्रो खण्ड अध्ययनरत छात्रा तिर्सना रोकाय द्वितिय र कुसुम भण्डारी तृतिय भएका थिए । कक्षा ११ अध्ययनरत छात्रा एरिका सुनारको स्वागत मन्त्व्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी कलेज प्रमुख वसन्त कुमार आचार्य, कानुन संयोजक गोपाल उपाध्याय, शिक्षक कृष्ण प्रसाद शर्मा लगायतकाले बोलेका थिए । प्रतियोगीताको सहजीकरण कक्षा ११ अध्ययनरत छात्रा सरिता पुन मगरले गरेकी थिइन् ।

प्रतिकृया

प्रतिकृया