सल्यान,
१५-पुस/ घाँस काट्ने क्रममा रुखबाट खसेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. २ डिग्रे निवासी ५४ वर्षीया भीमा घर्तीको रुखबाट लडेर मृत्युु भएको सल्यान प्रहरीले बताएको छ ।

बुधबार बिहान करिब ९ बजेतिर घरबाट घाँस काट्न भनी निस्केकी उनी अपरान्ह ४ बजेसम्म घर नआएपछि परिवारले खोजि गर्दा घर नजिकैको रुखबाट लडेर मृत्युु भएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । अहिले महिलाको शवलाई इलाका प्रहरी कार्यालय दमाचौरको टोलीले मुचुल्का बनाई पोष्टमार्टको लागि जिल्ला अस्पताल खलंगा पठाएको छ ।

प्रतिकृया

प्रतिकृया